सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पासाङ ल्हामु प्रतिष्ठान-सरकार सम्बन्ध : सरकारी जग्गामा ढलीमली

पासाङ ल्हामु प्रतिष्ठान-सरकार सम्बन्ध : सरकारी जग्गामा ढलीमली

पाथीभरा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका आङछिरिङ शेर्पाको परिवारले स्थापना गरेको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले धुम्बाराहीमा सरकारी जग्गामा बनाएको भवन कानुनविपरीत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई भाडामा दिएको छ।
 |  शनिबार, पुस ५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस ५, २०७६

काठमाडौं - पाथीभरा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका आङछिरिङ शेर्पाको परिवारले स्थापना गरेको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले धुम्बाराहीमा सरकारी जग्गामा बनाएको भवन कानुनविपरीत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई भाडामा दिएको छ। सरकारले २०६३ सालमा प्रतिष्ठानलाई भोगाधिकारका लागि सो जग्गा दिएको थियो। प्रतिष्ठानले सो जग्गामा बनाएको भवनलगायत संरचना नेकपालाई केन्द्रीय कार्यालय चलाउन दिएको हो। त्यहाँ अहिले नेकपा केन्द्रीय कार्यालय छ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २१ मा राजनीतिक दलले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति प्रयोग वा अतिक्रमण गर्ने/गराउने गर्नु हुँदैन भन्ने व्यवस्था छ। तर सत्तासीन नेकपाले सो ऐनविपरीत सरकारी जग्गामा प्रतिष्ठानले बनाएको भवन भाडामा प्रयोग गरिरहेको छ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले २०६३ फागुन ११ गते पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानलाई धुम्बाराहीमा कार्यालय बनाउन चार रोपनी पाँच आना जग्गा भोगाधिकारमा दिएको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ। तर प्रतिष्ठानले जग्गा भोगाधिकारको उद्देश्यविपरीत गैरकानुनी रुपमा नेकपालाई पार्टी कार्यालय चलाउन त्यहाँ बनेको भवन उपलब्ध गराएको छ। प्रतिष्ठानलाई कार्यालय चलाउन सरकारले सो जग्गाको भोगाधिकार दिएको हो। भोगाधिकारमा लिएको जग्गा र त्यहाँ बनेको संरचना भाडामा लगाउन पाइँदैन।

प्रतिष्ठानका कर्मचारी भद्र पराजुलीले नेकपालाई मासिक दुई लाख रुपैयाँ भाडामा भवन उपलब्ध गराइएको बताए। कार्यसमितिको निर्णयबमोजिम प्रतिष्ठानको भवन नेकपालाई ६ वर्षका लागि दिइएको उनको भनाइ छ। ‘पहिले तीन वर्षका लागि दिने भन्ने निर्णय भएको थियो’, पराजुलीले भने’, ‘फेरि पछि तीन वर्षका लागि म्याद थप्ने निर्णय भएको छ, आवश्यकता अनुसार म्याद थप्दै जाने भन्ने छ।’ शनिबारको नागरिकमा यो समाचार छापिएको छ।

प्रकाशित: Dec 21, 2019| 01:29 शनिबार, पुस ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।