काठमाडौं- प्रहरी प्रधान कार्यालयले शुक्रबार २४ जना प्रहरी उपरिक्षक (एसपी) को सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनबाट दानबहादुर मल्लको बिमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएको छ।
चितवनमा गंगा पन्तलाई पठाइएको छ। धनुषामा रमेश कुमार बस्नेतको सरुवा भएको छ भने आकर्षक मानिएको झापामा भने कृष्ण कोइरालाको सरुवा भएको छ।
त्यस्तै, कञ्चनपुरमा मुकुन्द मरासनीको सरुवा भएको छ भने रवीराज खड्काको रौतहटमा सरुबा भएको छ।
मकवानपुरमा सुशिल सिंह राठौरको सरुवा भएको छ । रन्जु सिग्देललाई सिन्धुली पठाइएको छ भने स्याङ्जामा जनार्दन जिसीको सरुवा भएको छ।
श्यामकुमार महतोको सरुवा प्रदेश ट्राफिक कार्यालय बारामा भएको छ।
हेर्नुहाेस् सरुवा गरिएका एसपीकाे लिस्ट