काठमाडौं- चार जना पूर्वसांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा चालु अधिवेशनको पहिलो बैठक स्थगित भएको छ।
शुक्रबार सुरु भएको हिउँदे अधिवेशनमा मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र उपसभामुख डा.शिवमाया तुम्वाहाङफेले बाचन गरेकी थिइन्।
त्यसलगत्तै बैठकमा तत्कालीन नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य हरिबैरागी दाहाल, संविधानसभा सदस्य कमला घिमिरे, प्रतिनिधिसभा सदस्य रामलखन महतो र नेपाली कांग्रेसबाट तत्कालीन संविधानसभा सदस्य रामेश्वर ढुंगेललाई श्रद्धाञ्जली व्यक्त गरिएक थियो।
सभामुखको अनुपस्थितिमा प्रतिनिधिसभाको बैठक सञ्चालन गरेकी उपसभामुखले पुस ११ गते १ बजेसम्मका लागि बैठक स्थगित गरेकी छन्।
११ गते बस्ने प्रतिनिधिसभाको बैठकबाट सभामुख चयन प्रक्रिया सुरु हुने छ।