आइतबार, कात्तिक १, २०८३

ठगी गर्नेको साथबाट सरकारी छाप र कागजात बरामद

कन्सल्टेन्सीको नाममा ठगी गरेको आरोपमा पक्राउ परेका एक जनासँग सरकारी छापलगायत कागजात फेला परेका छन्।
 |  शुक्रबार, पुस ४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ४, २०७६

काठमाडौं - कन्सल्टेन्सीको नाममा ठगी गरेको आरोपमा पक्राउ परेका एक जनासँग सरकारी छापलगायत कागजात फेला परेका छन्।

ठगीको उजुरीका आधारमा पक्राउ परेका स्याङ्जा पुतलीबजार–२ का २७ वर्षीय रोहिन भनिने नेत्रबहादुर घर्तीको साथबाट प्रहरीले विभिन्न सरकारी कार्यालयका छाप, ३७ वटा नक्कली प्रहरी रिपोर्ट, १४ वटा राहदानी फोला परेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए।

घर्तीलाई अपराध महाशाखाको टोलीले बिहीबार पक्राउ गरेको थियो।

थापाका अनुसार उनले ओशो भिजन कन्सल्टेन्सी र हर्ट इन्टरनेसनलको निर्देशक भएको बताउँदै वैदेशिक रोजगारमा जान खोज्ने व्यक्तिलाई ठगेको उजुरी परेको थियो।

महाशाखामा तीन जनाले सात लाख रुपैयाँ ठगी गरेको निवेदन दिएको थापाले जानकारी दिए। घर्तीलाई विस्तृत अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको थापाले बताए।

प्रकाशित: Dec 20, 2019| 08:11 शुक्रबार, पुस ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।