सोमबार, भदौ १, २०८३

दुई लाख घुस लिएको आरोपमा वडाध्यक्ष र लेखनदास पक्राउ

सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिएको आरोपमा नवलपरासीको रामग्राम नगरपालिका–१८ का वडा अध्यक्ष गोपाल डिस्वा मगर र लेखनदास रविन्द्रप्रसाद यादवलाई अख्तियारले नियन्त्रणमा लिएको छ।
 |  शुक्रबार, पुस ४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ४, २०७६

काठमाडौं – सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिएको आरोपमा नवलपरासीको रामग्राम नगरपालिका–१८ का वडा अध्यक्ष गोपाल डिस्वा मगर र लेखनदास रविन्द्रप्रसाद यादवलाई अख्तियारले नियन्त्रणमा लिएको छ।

सेवाग्राहीको नाता प्रमाणित, घरगोठ बाटो प्रमाणित र सेवा टहल तथा औषधि उपचारको सिफारिस गरिदिएवापत बिना रसिद दुई लाख लिएको उजुरीका आधारमा दुबै जनालाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

लिइएको रकमको रसिद माग गर्दासमेत नदिएको भन्ने उजुरी तथा संकलित प्रमाणको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको टोलीले वडा अध्यक्ष मगरलाई स्थानीय होली चाइल्ड स्कुल नजिकबाट र लेखनदास यादवलाई मालपोत कार्यालबाट नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रकाशित: Dec 20, 2019| 07:27 शुक्रबार, पुस ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।