आइतबार, कात्तिक १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विद्यालयको १६ लाख हिनामिना गर्नेविरुद्ध मुद्दा दायर

विद्यालयको १६ लाख हिनामिना गर्नेविरुद्ध मुद्दा दायर

 |  शुक्रबार, पुस ४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ४, २०७६

काठमाडौं– सर्लाहीको रामजनता निम्न माध्यमिक विद्यालयको १६ लाख रुपैयाँ हिनामिना गर्ने दुई जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदातलमा मुद्दा दायर गरेको छ। प्रधानाध्यापक रामलखन चौधरी र खाता संचालक जगदिश राय यादवविरुद्ध अख्तियारले विद्यालयको १६ लाख तीन हजार पाँच सय रुपैयाँ हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

उनीहरुले जिल्ला शिक्षा कार्यालय सर्लाहीबाट आर्थिक वर्ष २०६७–०६८ मा दुईकोठे भवन र छात्रा शौचालयका निर्माणका लागि प्राप्त रकम हिनामिना गरेको उजुरीका आधारमा छानविन गर्दा उक्त रकम हिनामिना गरेको खुलेको अख्तियारले जनाएको छ।

उनीहरुले भौतिक निर्माण, छात्रवृत्ति, पाठ्यपुस्तक, गैरहाजिर शिक्षकको तलब, माटो पुर्ने, घेरावेरा, शिक्षक कर्मचारीको सामाजिक सुरक्षा कर र नागरिक लगानी कोषको रकमसमेत हिनामिना गरेको खुलेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

अख्तियारले सामाजिक सुरक्षा करवापतको रकम र नागरिक लगानी कोषको रकम विद्यालयमार्फत सम्बन्धित कार्यालयमा जम्मा गराई बाँकी १४ लाख ९७ हजार चार सय तीन रुपैयाँ मागदाबी गरेको छ।

यस्तै कर्मचारीलाई घुस दिन खोज्ने सर्लाहीको वाग्मती बागमती नगरपालिका–८ सोल्टी बजारका श्यामकुमार श्रेष्ठलाई अख्तियारले नियन्त्रणमा लिएको छ।

सवारी चालक अनुमति पत्र नभएका व्यक्तिले चलाएको मोटरसाइकलले ठक्कर दिएको घटनामा अर्कै व्यक्तिको नाम राखी बिमा दाबीको सिफारिस पत्र बनाउन प्रहरी कार्यालय हरिवनका कार्यालय प्रमुख प्रहरी निरीक्षकलाई १० हजार घुस दिन खाजेको भन्दै श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ।

प्रकाशित: Dec 20, 2019| 07:00 शुक्रबार, पुस ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।