सोमबार, भदौ १, २०८३

काठमाडौंबाट एकै दिनमा समातिए ११ जना मोटरसाइकल चोर

नेपाल प्रहरीले राजधानीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरेको छ ।
 |  शुक्रबार, पुस ४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ४, २०७६

काठमडौं- नेपाल प्रहरीले राजधानीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरले चन्द्रागिरि, नागार्जुन, कीर्तिपुरलगायतका विभिन्न स्थानबाट हराएका नौ वटा मोटरसाइकलसहित ११ जनालाई पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले एकान्त स्थानबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा कीर्तिपुरका मदन तामाङ, चितवनका सोम सुनार र सन्दीप गुरुङ, मकवानपुरका सन्तोष गोले, नवलपरासीका भरत थापा, चन्द्रागिरिका रिन्जेन मोक्तान, काभ्रेपलाञ्चोकका इन्द्रबहादुर तामाङ र गणेश लामा, सिन्धुलीका विक्रम भुजेल, बर्दियाका राजु पौडेललगायत छन् ।

चोरी मुद्दा दर्ता गरेर उनीहरुमाथि अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

प्रकाशित: Dec 20, 2019| 01:58 शुक्रबार, पुस ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।