सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजश्व छली गरेको भन्दै पेप्सीविरुद्ध २ अर्बको मुद्दा

राजश्व छली गरेको भन्दै पेप्सीविरुद्ध २ अर्बको मुद्दा

बहुराष्ट्रिय कम्पनी पेप्सीलाई नेपालमा बोटलिङ गदैै आएको वरुण बेभरेजविरुद्ध राजश्व छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ।
 |  बिहीबार, पुस ३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ३, २०७६

काठमाडौं- बहुराष्ट्रिय कम्पनी पेप्सीलाई नेपालमा बोटलिङ गदैै आएको वरुण बेभरेजविरुद्ध राजश्व छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ।

नक्कली भ्याटबिल जारी गरी करिव ६५ करोड राजस्व ठगेको भन्दै विभागले काठमाडौं जिल्ला अदालतमा बिहीबार मुद्दा दायर गरेको हो।

नक्कली भ्याट विल बनाएर राजस्व छली गरेको शंकामा विभागले लामो समयदेखि अनुसन्धान गरिरहेको थियो।

विभागले नक्कली भ्याट विल प्रयोग गर्ने पूर्व तथा वर्तमान संचालकहरु अमित गुप्तासमेत सात जना उपर ६४ करोड ९६ लाख २ हजार ३ सय ४० रूपैयाँ विगो तथा विगोको दोब्बर एक अर्ब २९ करोड ९२ लाख चार हजार ६ सय ८० रूपैयाँ समेत जम्मा एक अर्ब ९४ करोड ८८ लाख ७ हजार २० रूपैयाँ जरिवाना र तीन वर्ष कैद सजायको माग दाबी गरेको छ।

वरुण वेभरेज (नेपाल) प्रा.लि.ले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिजकको प्रयोग गरी नक्कली कर विजकको कारोवार गर्ने व्यक्तिहरुसँग मिलेमतोमा राजश्व छली गरेको बिभागले आरोप लगाएको छ।

विभागले गरेको अनुसन्धानबाट बेभरेजले आर्थिक बर्ष ७०/७१ देखि २०७५/७६ सम्ममा झुट्टा तथा मू.अ. कर बिजकको कारोवारबाट मू.अ.करतर्फ २५ करोड ३४ लाख ६ हजार ९ सय ४० रूपैयाँ र आयकरतर्फ लाभांशसमेत गरी ३९ करोड ६१ लाख ९५ हजार ४ सय रूपैयाँ राजस्व छली गरेको खुलेको छ।

बिभागले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २ छ(१) बमोजिम बिगो कायम गरी उक्त बिगो रकम सोही ऐनको दफा २३ बमोजिम संचालकहरु अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविन कुमार अग्रवाल, बिनोद सिंह भनिने बिनोद कुमार सिंह र अशोक कुमारबाट असुल उपर गन माग दाबी गरेको छ।

प्रकाशित: Dec 19, 2019| 13:58 बिहीबार, पुस ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।