सोमबार, भदौ १, २०८३

डोल्पा तीन दिनदेखि टेलिफोनविहीन

हिमाली जिल्ला डोल्पामा तीन दिनदेखि टेलिफोन सेवा ठप्प भएको छ।
 |  बिहीबार, पुस ३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ३, २०७६

डोल्पा- हिमाली जिल्ला डोल्पामा तीन दिनदेखि टेलिफोन सेवा ठप्प भएको छ। गत मङ्गलबार दिउँसोदेखि गएको मोबाइल टावर अझैसम्म नआएपछि सिङ्गो डोल्पा जिल्ला नै तीन दिनदेखि टेलिफोन सेवाविहीन भएको हो।

सदरमुकाम दुनै, जुफाल, खदाङलगायतका जिल्लाका विभिन्न क्षेत्रमा राखिएको टेलिफोन टावरबाट फोन सेवा सञ्चालन नभएकाले फोन तथा इन्टरनेट सेवा ठप्प भएको छ।

‘मङ्गलबार दिउँसोबाट मोबाइल टावर गएको हो, अझै आएको छैन, दुर्गमलाई सुगमसँग जोड्न टेलिफोन सेवा नै नभएपछि नागरिकहरु समस्यामा परेका छन्’, त्रिपुरासुन्दरी नगरपालिका–१ का दुर्गाप्रसाद देवकोटाले भने।

मङ्गलबारदेखि डोल्पामा लेन्डलाइन टेलिफोन, नमस्ते र स्काइको मोबाइल सेवा, ए.डि.एस.एल इन्टरनेट सेवालगायत कुनै पनि सञ्चार सेवा छैन।

अवरुद्ध टावर सञ्चालन गर्नका लागि डोल्पाका विभिन्न ठाउँमा राखिएको टावरमा पुगेर जाँच गर्ने काम भइरहेको दूरसञ्चार कार्यालय डोल्पाका प्रमुख दयाविक्रम केसीले जानकारी दिए।

जुम्ला–डोल्पा र जुम्ला–कालिकोट जिल्लाका सीमावर्ती क्षेत्रमा राखिएका माइक्रोवेभ टावरमा समस्या आएको हुनसक्ने नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ।

तीन दिनदेखि कुनै पनि सञ्चार सुविधा नभएपछि डोल्पाली नागरिकको दैनिकी कष्टकर बनेको छ।

दुर्गममा लामो समयसम्म टावर नहुँदा एक ठाउँबाट अर्को ठाउँमा सम्पर्क गर्न ठूलो समस्या भएको सिरहा जिल्लाबाट डोल्पा अध्यापन गर्न आउनुभएका शिक्षक रामनाथ यादवले बताए।

सुविधाका नाममा रहेको मोबाइल सेवासमेत ठप्प भएपछि घरमा रहेका आफन्तहरुसँग समेत कुरा गर्न समस्या भएको उनको भनाइ छ।

मोबाइल सेवासँगै इन्टरनेट सुविधासमेत बन्द भएपछि विभिन्न स्थानीय तह र सदरमुकाम दुनैस्थित सरकारी तथा गैरसरकारी कार्यलयको काम काजसमेत ठप्प भएको छ। रासस

प्रकाशित: Dec 19, 2019| 13:07 बिहीबार, पुस ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।