सोमबार, भदौ १, २०८३

सांस्कृतिक पाेसाक उत्पादन गरेर स्वराेजगार

 |  बिहीबार, पुस ३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ३, २०७६

इटहरी- इटहरी संगीतचोक उत्तर ‘रातोघर’ मा रहेको ढाकाटोपी पसलमा व्यस्त हुन्छिन् मनीषा लिम्बु।

लिम्बुले सञ्चालन गरेको पसल भने सुनसान देखिन्छ। ग्राहक नहुँदा पनि कसरी व्यस्त भन्ने प्रश्न झर्न नपाउँदै मनीषाले भनिन्, ‘मेरा ग्राहक नेपाली हैन नि त।’

आफ्ना ग्राहक हङकङ, बेलायत, सिंगापुर, अस्ट्रेलियादेखि इजरायलसम्म रहेको लिम्बु बताउँछिन् । भन्छिन्, ‘मागअनुसार आपूर्ति गर्न सकिएको छैन ।’

तेह्रथुम म्याङलुङ–१ रतनपुरकी मनीषाले पसलको नाम हो– मनीषा तेह्रथुमे ढाकाटोपी । पसलको नाम मात्रै हैन काम पनि अधिकांश तेह्रथुमबाटै हुन्छ ।

म्याङलुङका महिलाले कपडा बुन्छन् र त्यहीँबाट ल्याएर मनीषा विदेशमा पठाउँछिन् । विदेशमा आफन्त र साथीभाइको माग मात्रै पूरा गर्न सकेको मनीषाको भनाइ छ ।

अरुबाट मात्रै हैन, आफैं पनि ढाकाका विभिन्न डिजाइन गर्छिन् मनीषा । व्यवस्थापनमा स्नातकोत्तर उनी ढाका कपडा उद्योगबाट स्वरोजगार बनेकी छन्।

एक वर्ष मेहेनत गरेर सिकेको ढाका कपडाका उत्पादन डिजाइनले राम्रो कमाइ दिएको लिम्बु बताउँछिन् । उनी भन्छिन्, ‘पढाइले सहयोग त गर्छ तर अन्त जागिरभन्दा यही काममा कमाइ र आनन्द छ।’

सांस्कृतिक पोसाकको मोह बढ्दै


मनीषाको पसलमा ढाकाका लेहेङ्गा, ब्याग, सारी, गाउन देखि कुर्तासुरुवाल सम्म उनका उत्पादन छन्। लिम्बु जातिको मौलिक सांस्कृतिक ब्याज सिलाम साक्मा पनि बनाउँछिन उनी ।

आफ्नो उत्पादन लिम्बु समुदायसँगै खस आर्यले पनि धेरै खरिद गर्ने उनको भनाइ छ । ‘लिम्बुहरुले आफ्नो सांस्कृतिक पहिरन भनेर लान्छन्’, लिम्बु भन्छिन्, ‘छेत्रीबाहुनले चाहिँ नेपाली पहिरन भन्दै मगाउँछन् ।’

रङ कम जाने धागो र स्तरीय बुनाइका सामान बेच्ने भएकाले आफ्नो पसल सञ्चालनबाटै डिमान्ड धेरै भएको लिम्बुले बताइन् । उनको पसलमा ३० रुपैयाँको सिलाम साक्मादेखि ३० हजार मूल्यसम्मका सारी पाइन्छ।

भन्छिन्, ‘सबै हातले बुनेका सामान हुनाले माग पूरा गर्न धेरै गाह्रो छ।’ ३० हजार पर्ने सारी बनाउन तीन हप्तासम्म लाग्ने उनको भनाइ छ।

उत्साहप्रद फड्को
मनीषा उद्यममा परिपक्व हुन थालेकी छन् । चार लाख लगानीमा खुलेको उनको पसलमा अहिले मासिक दुईदेखी पाँच लाखसम्मको कारोबार हुन्छ ।

सबैथोक कटाएर एक लाख हाराहारी नाफा हुने उनी बताँउछिन । आफ्नो पसलको नियमित कमाइबाहेक उनी विभिन्न सांस्कृतिक फेसन सोहरुका लागि पनि पोशाकको डिजाइन गर्छिन्।

प्रकाशित: Dec 19, 2019| 10:38 बिहीबार, पुस ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।