सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तालिमका लागि अमेरिका गएर उतै लुक्ने सशस्त्रका सई पक्राउ

तालिमका लागि अमेरिका गएर उतै लुक्ने सशस्त्रका सई पक्राउ

भीआईपी प्रोटेक्सन तालिमका लागि अमेरिका गएर उतै लुकेका सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक (सई) लाई पक्राउ गरी कारागार चलान गरिएको छ।
 |  बिहीबार, पुस ३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ३, २०७६

काठमाडौं- भीआईपी प्रोटेक्सन तालिमका लागि अमेरिका गएर उतै लुकेका सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक (सई) लाई पक्राउ गरी कारागार चलान गरिएको छ।

सशस्त्र प्रहरी बलले तालिमका लागि अमेरिका पठाएका सई उमेश सिलवाललाई पक्राउ गरी कारागार चलान गरेको हो।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता प्रहरी नायव उपरीक्षक अजय छत्कुलीले सिलवाललाई ललितपुरबाट पक्राउ गरी कारागार महान्यायधिवक्ताको कार्यालयमा लगेर आवश्यक कानूनी प्रक्रिया पूरा गरी डिल्लीबजार कारागार पठाइएको बताए।

सिलवाल २०६७ साल फागुन ३० गतेदेखि चैत १८ गतेसम्म सञ्चालन भएको तालिमका लागि अमेरिका गएका र तालिम सकेर फर्किदा विमानस्थलबाटै फरार भएका थिए।

सिलवालले सेवा छाडी भागेको पुष्टि गर्दै सशस्त्र प्रहरी विशेष अदालतले सशस्त्र प्रहरी ऐन २०५८ को दफा २७ (४) को खण्ड (ज) बमोजिम २०७५ साल भदौ ३१ गते दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय सुनाएको थियो।

प्रकाशित: Dec 19, 2019| 10:36 बिहीबार, पुस ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।