आइतबार, कात्तिक १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजपाका लागि दुई–तीनवटा मन्त्रालय छाड्न तयार छौंः बाँस्कोटा

राजपाका लागि दुई–तीनवटा मन्त्रालय छाड्न तयार छौंः बाँस्कोटा

 |  बिहीबार, पुस ३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ३, २०७६

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजपालाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्।

राजपा सरकारमा सहभागी भए आफूहरु स्वागत गर्न तयार रहेको दाबी गर्दै मन्त्री बाँस्काटोले भने, ‘उहाँहरुलाई स्वागत छ। उहाँहरुका लागि दुई–तीनवटा मन्त्रालय छोड्नुपर्ने कुरा न हो। त्यो त हामी गरिहाल्छौं।’

बिहीबार सञ्चार मन्त्रालयमा आयोजित मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा सञ्चारकर्मीले विपक्षीसँग गठबन्धन गरेको बारेमा जिज्ञासा राखेका थिए । जवाफमा मन्त्री बाँस्कोटाले राष्ट्र निर्माणका लागि राजपा सरकारमा सहभागी हुनुपर्ने बताउँदै आगामी दिनमा पनि सहकार्य हुने दाबी गरे।

‘राजपाले पहिले पनि सरकारलाई समर्थन गरेको थियो।बीचमा केही मिलेन। अहिले फेरि आउनुभएको छ। सहकार्यमा अगाडि बढ्छौं,’ उनले भने ।

प्रकाशित: Dec 19, 2019| 10:15 बिहीबार, पुस ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।