सोमबार, भदौ १, २०८३

‘मिडिया आफ्नै कारणले अविश्‍वसनीय नहोस्’

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया आफ्नै कारणले विश्वसनीय हुन नसकेको टिप्पणी गरेका छन् ।
 |  बिहीबार, पुस ३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ३, २०७६

काठमाडौं– सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया आफ्नै कारणले विश्वसनीय हुन नसकेको टिप्पणी गरेका छन् । मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘मिडिया आफ्नै कारणले अविश्वसनीय नहोस् । कसले कुन इन्ट्रेस्टमा रिपोर्टिङ गर्छ, एकपक्षीय रुपमा त्यसैको पक्षमा समाचार लेख्ने काम भइरहेको छ,’ उनले भने ।

सञ्चार मन्त्रालयले हालै निजी कम्पनी एनसेललाई फ्रिक्वेन्सी दिएको बारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले यस्तो आरोप लगाएका हुन् । ‘पहिलोपल्ट फ्रिक्वेन्सीको अक्सन भएको छ । यत्तिकै कसैलाई दिइएको होइन । तर, यहाँ तथ्य तोडमोड गरियो । सबै पाटो लेखिएन । कसैले अक्सनमा भाग लिएन भनेर किन टाउको दुखाउनु ? बरु आफैं भाग लिनु नि,’ मिडिया हाउसप्रति लक्षित गर्दै बाँस्कोटाले भने ।

उनले थपे, ‘पहिलोपल्ट हावाबाट ९० करोड रुपैयाँ आएको छ, सकारात्मक सोचौं न । ९० करोडले ३० वटा स्कुल बन्छन्, ३० वटा स्वास्थ्य चौकी बन्छन् । १५ बेडका ३ वटा अस्पताल बन्छन् ।’

स्मार्ट टेलिकमले अक्सनमा भाग नलिएको बारेमा प्रष्ट्याउँदै उनले भने, ‘स्मार्टले २ अर्ब ३४ करोड सरकारलाई तिरेको छैन । उसको लाइसेन्स खारेज भइसकेको छ । लाइसेन्स नै नभएको कम्पनीले कसरी अक्सनमा भाग लिन्छ ? भाग लिइदेओस् भन्ने चाहेको भए त्यो पैसा तिरिदिएको भए हुन्थ्यो नि त ।’

मिडिया मालिकले समाचारबाहेक अरु बिजनेस पनि गरिरहेको आराेप लगाउँदै सञ्चारमन्त्री बाँस्कोटाले भने, ‘मिडिया सञ्चालकले भने हुन्छ– समाचारबाहेक के के बिजनेस गर्नुहुन्छ ?’

प्रकाशित: Dec 19, 2019| 10:06 बिहीबार, पुस ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।