काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक कार्डियोभास्कुलर सेन्टर पुगेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओली नियमित डायलासिसका लागि बिहिबार अस्पताल पुगेका जानकारी दिए।
केही दिनअघि एपेन्डिक्सको शल्यक्रिया गरेपश्चात पनि उनको डायलासिस गरिएको थियो। प्रधानमन्त्री ओलीको यसअघि धापासीस्थित ग्राण्डी अस्पतालमा चार पटकसम्म डायलासिस गरिएको थियो।
१३ वर्षअघि मृगौला प्रत्यारोपण गरेका ओलीको पछिल्लो समय लगातारजसो स्वास्थ्यमा समस्या देखिएपछि पटकपटक डायलासिस गराउनु पर्ने भएको छ।