सोमबार, भदौ १, २०८३

उदयपुरमा जिप दुर्घटना, चारको मृत्यु

उदयपुरमा भारतीय नम्बर प्लेटको बोलेरो जिप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ।
 |  बिहीबार, पुस ३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ३, २०७६

काठमाडौं - उदयपुरमा भारतीय नम्बर प्लेटको बोलेरो जिप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।उदयपुरगढी गाउँपालिका–३ मा भएको दुर्घटनामा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा कटारी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा ६१ वर्षीय टीकनारायण श्रेष्ठ, ४८ वर्षीय मीननारायण श्रेष्ठ, ४७ वर्षीय ढकबहादुर बुढामगर र ३५ वर्षीय टीकाराम श्रेष्ठ रहेको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर बूढामगरले जानकारी दिए।

घाइते दुई जनालाई थप उपचारका लागि विराटनगर रेफर गरिएको र दुई जनाको कटारी अस्पतालमै उपचार भइरहेको छ। विराटनगर रेफर गरिएकाहरुको अस्वथा गम्भीर छ।

जिप सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ। माेरङ पथरी शनिश्चरे नगरपालिका–४ घर भएका श्रेष्ठ परिवार आफन्त भेट्न जिप रिजर्भ गरेर उदयपुर आएको र फर्किने बेला दुर्घटना भएको प्रहरी उपरीक्षक बुढामगरले बताए।

उक्त सडक खण्डमा चालक पहिलो पटक आएकाले घुम्तीमा समयमै गाडी मोड्न नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए।

प्रकाशित: Dec 19, 2019| 07:29 बिहीबार, पुस ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।