सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सीमा अतिक्रमणबारे सरकारी रवैया खोक्रो राष्ट्रवादः पौडेल

सीमा अतिक्रमणबारे सरकारी रवैया खोक्रो राष्ट्रवादः पौडेल

 |  बिहीबार, पुस ३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ३, २०७६

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले भारतसँगको सीमा विवाद समाधानका लागि वर्तमान सरकारले केही गर्न नसकेको आरोप लगाएका छन्। भारतको नयाँदिल्लीमा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सीमा विवादमा सरकारी रवैयालाई खोक्रो राष्ट्रवादको संज्ञा दिए।

“सीमा विवाद समाधान गर्न सरकारले केही गर्न नसकेको अवस्थामा अब स्थानीय जनसम्पर्क समितिले नै समस्या हल गर्न ठोस पहल गर्नुपर्छ,” पौडेलले भने । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको भन्दै पौडेलले सार्वभौम मुलुक नेपालको स्वतन्त्र अस्तित्व स्वीकार गर्नुको विकल्प भारतसँग नरहेको बताए । भारत नेपालको नजिकको छिमेकी भए पनि दुई देशबीच धेरै गुनासा र समस्या रहेको बताउँदै पौडेलले कूटनीतिक ढंगले समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

फरक प्रसंगमा पौडेलले भारत सहित विदेशमा रहेका सबै नेपालीले नेपालको निर्वाचनमा मत हाल्न पाउनुपर्ने विचार व्यक्त गरे । सो अवसरमा विभिन्न दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकाहरुलाई पौडेलले स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे, पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेताहरु ओमकारप्रसाद श्रेष्ठ, शिवराज जोशी, गोविन्दबहादुर शाह, पूर्व सांसदहरु सुशीला शर्मा, होमराज दाहाल, नेपाली कांग्रेस धादिङका सभापति रमेश धमला लगायतको समेत उपस्थिति रहेको थियो।

 

 

प्रकाशित: Dec 19, 2019| 06:51 बिहीबार, पुस ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।