सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रक्रिया झन्झटिलो हुँदा पीडितले न्याय पाउन सकेनन्ः न्यायाधीश महरा

प्रक्रिया झन्झटिलो हुँदा पीडितले न्याय पाउन सकेनन्ः न्यायाधीश महरा

 |  बिहीबार, पुस ३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ३, २०७६

भैरहवा– कानुन पर्याप्त भए पनि प्रक्रिया झन्झटिलो हुँदा वास्तविक पीडितले समयमै न्याय पाउन नसकेको एक न्यायाधीशले बताएका छन् । महिला, कानुन र विकास मञ्चले भैरहवामा आयोजना गरेको जिल्लास्तरीय लैंगिक हिंसाविरुद्धको ५ दिने कार्यशाला उद्घाटन गर्दै जिल्ला अदालत रुपन्देहीका प्रमुख न्यायाधीश धनसिंह महराले भने, ‘हाम्रो कानुनी प्रक्रिया अत्यन्तै झन्झटिलो छ । समयमा फैसला कार्यान्वयन हुन सकिरहेको छैन । पीडितले समयमै क्षतिपूर्ति पाउन सकिरहेका छैनन् । तरपनि विगतमा भन्दा धेरै सुधार भएको छ ।’

उनले लैगिंक हिंसा विरुद्धका कानुन पीडितको लागि नभएको र त्यसको दुरुपयोग भएको भन्दै चिन्तासमेत व्यक्त गरे । उनले भने, ‘फोन, म्यासेज गर्ने, साथी बन्ने–बनाउने अनि पछि के कुरामा चित्त बुझ्दैन– बलात्कार, हिंसा जस्ता मुद्दा हाल्ने प्रवृति बढेको छ । यस्तै गतिविधि भइरहे यसले समाजमा ठूलो विसंगति निम्त्याउँछ ।’

जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीले महिला विरुद्धको हिंसालाई नियन्त्रण गर्न अहिलेको कानुन पर्याप्त भए पनि त्यसको कार्यान्वयनमा सबैको सहकार्य जरुरी रहेको बताए । अधिवक्ता सविन श्रेष्ठले संवैधानिक हिसाबले अपराध पीडित संरक्षण ऐन जस्तो महत्वपूर्ण कानुन भए पनि कार्यान्वयनको सवालमा कमजोर अवस्था रहेको बताए ।

महिला, कानुन र विकास मञ्चका प्रदेश संयोजक अधिवक्ता नगेन्द्र बस्यालले लैंगिक हिंसा समानता, विकास र शान्तिको बाधक भएको बताउँदै महिला विरुद्धको भेदभाव उन्मूलनको लागि सबै पक्षको एकता र सहकार्य जरुरी रहेको बताए ।

प्रकाशित: Dec 19, 2019| 06:43 बिहीबार, पुस ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।