सोमबार, भदौ १, २०८३

कवि शिरोमणिको सम्झनामा कविता प्रतियोगिता

कवि शिरोमणि लेखनाथ पौड्यालको १३६औँ जन्मजयन्तीका अवसरमा लेखनाथ उद्योग वाणिज्य सङ्घ, कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समिति र लेखनाथ साहित्य प्रतिष्ठानद्वारा आयोजित राष्ट्रियस्तरको खुला कविता प्रतियोगितामा संयोग बस्याल प्रथम भएका छन्।
 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

पोखरा- कवि शिरोमणि लेखनाथ पौड्यालको १३६औँ जन्मजयन्तीका अवसरमा लेखनाथ उद्योग वाणिज्य सङ्घ, कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समिति र लेखनाथ साहित्य प्रतिष्ठानद्वारा आयोजित राष्ट्रियस्तरको खुला कविता प्रतियोगितामा संयोग बस्याल प्रथम भएका छन्।

प्रतियोगिताका लागि छनोट भएका २५ कवितामध्ये आज कविको जन्म गाउँ अर्घौं अर्चलेमा भएको वाचन प्रतियोगितामा छविलाल आचार्य द्वितीय र तारानाथ पराजुली तृतीय बनेका छन्।

प्रतियोगितामा पोषराज पौडेल, इन्द्र राना प्रतिक, सुरक्षा देवकोटा र प्रकाश आचार्यले सान्त्वना स्थान प्राप्त गरेका छन्।

प्रतियोगिताका विजयीलाई बिहीबारदेखि डाँडाको नाकमा शुरु हुने लेखनाथ महोत्सवका अवसरमा कविता वाचन गराएर सोही मञ्चबाट पुरस्कार प्रदान गरिने कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले जानकारी दिए।

प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः १५ हजार, ११ हजार, सात हजार र तीन हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ।

कार्यक्रममा प्राज्ञ हरिदेवी कोइरालाले कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्ती तथा लेखनाथ महोत्सवसँग जोडेर आयोजित राष्ट्रियस्तरको कविता प्रतियोगिताले अर्घौंअर्चलेलाई साहित्यिक तीर्थस्थलका रुपमा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित: Dec 18, 2019| 14:36 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।