काठमाडौं। नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्याँसको उच्च मागलाई मध्यनजर गर्दै ग्यास वितरण गरिरहेको छ।
काठमाडौं उपत्यकामा ग्याँसको उच्च मागलाई मध्यनजर गर्दै निगमले साउन १६ गतेदेखि निरन्तर टेकुस्थित आफ्नो कार्यालयबाट ग्याँस बिक्री वितरण गरेको हो।
आज पनि निगमले नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्याँसका सिलिन्डरहरू वितरण गरिरहेको छ।




