सोमबार, भदौ १, २०८३

राष्ट्रियसभा निर्वाचनमा नेकपा-राजपा गठबन्धन

आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनता पार्टी राजपाबीच चुनावी गठबन्धन हुने भएको छ।
 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

काठमाडौं- आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनता पार्टी राजपाबीच चुनावी गठबन्धन हुने भएको छ।

प्रदेश नं. २ बाट राष्ट्रियसभामा रिक्त हुने चार स्थानमा २–२ स्थानका लागि चुनावी गठबन्धन हुने भएको हो।

रिक्त चारमध्ये अन्य पुरुष समूह र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त दुई स्थानमा राष्ट्रिय जनता पार्टीका उम्मेदवारलाई नेपाल कम्युनिष्ट पार्टी नेकपाले सहयोग गर्ने सहमति भएको छ।

त्यस्तै महिला र दलित पुरुष समूहको दुई स्थानमा राष्ट्रिय जनता पार्टी नेपालले नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलका क्रममा भएको दुईबुँदे सहमतिमा राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्ने सहमति भएको राजपा नेपालका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए।

बुधबार भएको दुई बुँदे सहमतिमा अर्को सहमति भने दुई राजनीतिक दलबीच नियमित छलफल गर्ने र सहकार्यको प्रक्रियालाई अघि बढाउने सहमति भएको छ।

सहमतिपत्रमा नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राजपा नेपालका अध्यक्ष राजेन्द्र महतोले हस्ताक्षर गरेका छन्।

प्रकाशित: Dec 18, 2019| 12:52 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।