जनकपुरधाम - प्रहरीले बाराबाट लागुऔषध चरेससहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला थाना कुन्दवा चैनपुर कोरैया लौखान–८ बस्ने गुलाबीप्रसाद कुशवाहा रहेको प्रहरीले जनाएको छ।
बारा प्रहरीले कुशवाहालाई बुधबार कलैया उपमहानगरपालिका–६ स्थित एक होटलमा खाना खाइरहेको अवस्थामा पक्राउ गरेको हो। गोप्य सूचनाको आधारमा कुशवाहाले बोकेको झोला चेकजाँच गर्दा ८ किलो ५ सय ग्राम चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
चरेससहित पक्राउ परेका कुशवाहामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।