सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बलात्कारको गलत प्रतिवेदन दिने दुई डाक्टरलाई जेल सजाय

बलात्कारको गलत प्रतिवेदन दिने दुई डाक्टरलाई जेल सजाय

बलात्कारको गलत प्रतिवेदन दिने जनकपुर अञ्चल अस्पतालका दुई डाक्टरलाई विशेष अदालत काठमाडौंले दोषी ठहर गरेको छ। जनकपुर अञ्चल अस्पतालमा कार्यरत डा.विजयकुमार सिंह र डा.रम्भा गोइतलाई अदालतले दोषी ठहर गरेको हो।
 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

जनकपुरधाम- बलात्कारको गलत प्रतिवेदन दिने जनकपुर अञ्चल अस्पतालका दुई डाक्टरलाई विशेष अदालत काठमाडौंले दोषी ठहर गरेको छ।

जनकपुर अञ्चल अस्पतालमा कार्यरत डा.विजयकुमार सिंह र डा.रम्भा गोइतलाई अदालतले दोषी ठहर गरेको हो।

अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलाशले दुबै डाक्टरलाई दोषी ठहर गरेको हो। अदालतले दुबैजनालाई जनही ६ महिना कैद र २५ हजार जरिवाना गर्ने फैसला गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी अस्पतालमा कार्यरत दुबैजनाले अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो।

ती दुबै डाक्टरले धनुषाको जनकनन्दनी गाउँपालिका-२ घर भएकी एक १२ वर्षीया बालिका बलात्कृत नभएको प्रतिवेदन दिएका थिए। गत वर्ष भाद्र ८ गते बलात्कृत भएकी बालिकाको स्वास्थ्य जाँचका लागि प्रहरीले जनकपुर अञ्चल अस्पताल लगेको थियो।

स्वास्थ्य जाँचपछि सिंह र गोइतले बलात्कार नभएको प्रतिवेदन दिएका थिए। तर, सोही बालिकाको सिरहा अस्पतालका डा.राकेशकुमार सिंहले स्वास्थ्य परीक्षण गर्दा बलात्कार भएको प्रतिवेदन दिएपछि घटना बाहिर आएको थियो।

गलत प्रतिवेदन दिएको भन्दै नेपाल मेडिकल काउन्सिलले समेत डा.सिंह र गोइतलाई कारबाही गरेको थियो। काउन्सिलले उनीहरुको व्यवसायिक प्रमाणपत्र निलम्बन गर्ने र चिकित्सकीय अभ्यासबाट बञ्चित गराउने गरी कारबाही गरेको थियो।

प्रकाशित: Dec 18, 2019| 12:10 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।