सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फाैजदारी कानून कार्यान्वयनमा साझा धारणा बनाउन राष्ट्रिय सम्मेलन

फाैजदारी कानून कार्यान्वयनमा साझा धारणा बनाउन राष्ट्रिय सम्मेलन

मुलुकी अपराध संहितालगायतका नयाँ फौजदारी कानूनहरु कार्यान्वयनका क्रममा अपराध अनुसन्धान र अभियोजनका क्षेत्रमा सुधारका लागि साझा धारणा बनाउने उद्देश्यले प्रहरी र सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलन हुने भएको छ।
 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

काठमाडौं- मुलुकी अपराध संहितालगायतका नयाँ फौजदारी कानूनहरु कार्यान्वयनका क्रममा अपराध अनुसन्धान र अभियोजनका क्षेत्रमा सुधारका लागि साझा धारणा बनाउने उद्देश्यले प्रहरी र सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलन हुने भएको छ।

नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलन पुस ४ देखि ६ गतेसम्म काठमाडौंमा हुन लागेको हो।

मुलुकी अपराध संहितालगायतका नयाँ फौजदारी कानूनहरु कार्यान्वयनमा आएका बेला अनुसन्धानकर्ता र अभियोजनकर्ताहरुलाई एकै थलोमा राखेर छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बुधबार पत्रकार सम्मेलनमा जानकारी दिइयो।

महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा हुन लागेको सम्मेलनमा अपराध अनुसन्धान र अभियोजनको विद्यमान अवस्थाको समीक्षा गरी सुधारका लागि साझा दृष्टिकोण विकास गरिने महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले जानकारी दिए।

‘नयाँ कानूनहरु कार्यान्वयनमा जाँदा देखिएका व्यवहारिक कठिनाईहरुको पहिचान गरी सम्मेलनमा समाधानका उपायहरुको खोजी गरिने छ’ खरेलले भने, ‘यसबाट न्याय प्रदान गर्न सजिलो हुने छ।’

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले फैजदारी संहिता कानून कार्यान्वयन गर्दा अनुसन्धानकर्ता र अभियोजनकर्ताबीच बुझाईमा एकरुपता हुन जरुरी रहेको बताए। ‘बुझाईमा एकरुपता ल्याउन अनुसन्धानकर्ता र अभियोजनकर्ताबीच समन्वय र सहकार्यको अत्यन्तै जरुरी हुन्छ’ खनालले भने, ख‘फैजदारी न्याय प्रणालीमा पीडितले न्याय पाउनेमा सम्मेलन कोसेढुंगा सावित हुने छ।’

सम्मेलनमा फैजदारी संहिता कानुन कार्यान्वयनको एक वर्ष चार महिनाको समिक्षा गर्दै कानुन कार्यान्वयनमा आइपरेका अफ्ठेराहरुको पहिचान गरी समाधानको निष्कर्ष निकालिने खनालले बताए।

सम्मेलन अवधिभर बिभिन्न १२ वटा बिषयमा छलफल हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो। देशभरका तीन सय २० अनुसन्धान अधिकृतहरु, दुई सय ७० जना सरकारी वकीलहरु तथा ३५ जना पर्यवेक्षक (विधिविज्ञान विज्ञसमेत) गरी ६ सय २५ जनाको सम्मेलनमा सहभागिता रहने जनाइएको छ।

प्रकाशित: Dec 18, 2019| 11:38 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।