काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ।
आज अपरान्ह साढे चार बजे राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोसहित महन्थ ठाकुर, महेन्द्र राय यादव, शरत्सिंह भण्डारी र राजकिशोर यादव प्रधानमन्त्री निवास बालुवाटार छलफलमा सहभागी छन्।
नेकपाको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरु सहभागी छन्। छलफलको एजेण्डा प्रष्ट नभए पनि शुक्रबारबाट सुरु हुने संघीय संसदको अधिवेशनबारे छलफल भएको बुझिएको छ।
अघिल्लो दुईवटा अधिवेशनमा राजपाले संसद बैठक अवरुद्ध गर्दै आएको छ। शुक्रबारबाट सुरु हुने हिउँदे अधिवेशनबाट सभामुख तथा उपसभामुखको निर्वाचन हुनुका साथै राष्ट्रिय सभा सदस्यहरुको निर्वाचनसमेत हुनेछ।