काठमाडौं - हास्यकलाकार आनन्द थापाको ८० वर्षको उमेरमा निधन भएको छ। थापाको मंगलबार राति भक्तपुरको झौखेलमा रहेको निवासमा निधन भएको हो ।
उनी दुई वर्षदेखि प्यारालाइसिसबाट पीडित थिए। उनको बुधबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।‘मनको बाँध’ चलचित्रबाट अभिनय यात्रा थालेका उनले कुमारी कान्छी वरदान मायाप्रितिलगायत दर्जनौं चलचित्र, नाटक, टेलिफिल्म तथा प्रहसनमा प्रस्तुति दिएका छन्।