सोमबार, भदौ १, २०८३

कांग्रेसमा सहमति जुटेन, केन्द्रीय समिति बैठक स्थगित

नेपाली कांग्रेसले आज (बुधबार) दिउँसो १ बजेका लागि डाकेको स्थगित भएको छ। पार्टी सभापति शेरबहादुर देउवासँग असन्तुष्ट रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी नहुने भएपछि बैठक नबसेको हो।
 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

काठमाडौं– नेपाली कांग्रेसले आज (बुधबार) दिउँसो १ बजेका लागि डाकेको स्थगित भएको छ। पार्टी सभापति शेरबहादुर देउवासँग असन्तुष्ट रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी नहुने भएपछि बैठक नबसेको हो।

बैठक शुक्रबारसम्मका लागि सारिएको कांग्रेसले जनाएको छ। पौडेल र सिटौला समूहले १४औं महाधिवेशनको कार्यतालिका अहिले नै जारी गर्नुपर्ने अडान राखेर केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएका छन्। सभापति देउवाले महाधिवेशन गर्ने प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा नल्याएसम्म आफूहरू बैठकमा सहभागी नहुने अडानमा पौडेल र सिटौला छन्।

संस्थापन पक्षले भने समायोजनको काम पूरा नभएकोले अहिले नै कार्यतालिका ल्याउन नसकिने बताउँदै आएको छ। देउवा पक्ष २०७७ फागुनमा महाधिवेशन गर्ने पक्षमा छ भने पौडेल पक्षले आउँदो मंसिरमै महाधिवेशन गर्नुपर्ने अडान राखेको छ। त्यसका लागि अहिले नै कार्यतालिका सार्वजनिक गर्नुपर्ने पौडेल पक्षको अडान छ।

रणनीति तय गर्न आज बिहान पौडेल र सिटौला समूहको बैठक पौडेल निवास बोहोराटारमा बसेको थियो ।

पौडेल पक्षले पछिल्ला चारवटा बैठक बहिस्कार गरिसकेको छ ।

 

प्रकाशित: Dec 18, 2019| 09:11 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।