सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पौडेल-सिटौला समूहको बैठक जारी, महाधिवेशनको तालिका सार्वजनिक गर्न देउवा तयार

पौडेल-सिटौला समूहको बैठक जारी, महाधिवेशनको तालिका सार्वजनिक गर्न देउवा तयार

 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएको वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहको बैठक पौडेल निवास बोहोराटारमा बसिरहेको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुने अथवा बहिस्कार जारी राख्ने निर्णय लिन नेता पौडेलको निवासमा बिहानदेखि बैठक जारी छ।

कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न सभापति शेरबहादुर देउवा पक्षधर तयार भएकोले बैठकबाट सकारात्मक निर्णय आउन सक्ने पौडेल निकट एक केन्द्रीय सदस्यले बताए।

बैठकमा सहभागी ती केन्द्रीय सदस्यका अनुसार देउवाले केही दिनभित्रै महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने सन्देश उपसभापति विमलेन्द्र निधिमार्फत् पठाएका थिए। नेता सिटौलासँगको छलफलमा पनि उक्त विषय समेट्ने प्रतिबद्धता देउवाले व्यक्त गरेपछि सिटौला पनि पौडेलको बैठकमा सहभागी छन्।

यसैगरी, विभागमा पनि भागवण्डाको विषयलाई आधार मान्ने पक्षमा देउवा पुगेका छन्। तर, कृष्ण सिटौला र विजय गच्छदार पक्षलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा निष्कर्ष आएको छैन।

प्रकाशित: Dec 18, 2019| 07:06 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।