सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभा सदस्यको निर्वाचन प्रक्रिया २० गते सुरु हुने

राष्ट्रियसभा सदस्यको निर्वाचन प्रक्रिया २० गते सुरु हुने

 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

काठमाडौं– राष्ट्रियसभामा रिक्त हुन लागेका केही सदस्यका लागि यही पुस २० गते उम्मेदवारी दर्ता हुने भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार पुस १७ गते मतदाता नामावली प्रकाशन गरिनेछ ।

स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्य राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता रहनेछन्। उनीहरुको मतभार भने फरकफरक हुन्छ। स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ हुन्छ भने प्रदेशसभा सदस्यको ४८ हुनेछ।

२० गते उम्मेदवारी दर्ता गरेपछि दाबी विरोधलगायत प्रक्रिया पूरा गरेपछि २५ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ। त्यही दिन निर्वाचन चिह्न प्रदान गरिनेछ। मतदान भने माघ ९ गते हुनेछ ।

राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुई वर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ। संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ ।

राष्ट्रिय सभा सदस्यहरु सुरेन्द्रराज पाण्डे, सरिता प्रसाईं, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ। यसैगरी हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल पनि सकिँदैछ ।

कार्यकाल सकिने अन्य सदस्यहरुमा वृशेषचन्द्र लाल, रमेशप्रसाद यादव, रामप्रित पासवान, डा. युवराज खतिवडा छन्।

प्रकाशित: Dec 18, 2019| 06:41 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।