सोमबार, भदौ १, २०८३

मौसम खराबीले दुई हेलिकप्टर खेल मैदानमा अवतरण

 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

कास्की । पोखराको मौसममा आएको खराबीले दुई हेलिकप्टरलाई खेल मैदानमा अवतरण गराइएको छ । पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका एयर डाइनेष्टी र सिम्रिक एयरको हेलिकप्टर पोखरा विमानस्थल फर्कने क्रममा मौसममा अकस्मात खराबी आउँदा आज बिहान १०ः१० बजेको समयमा पोखरा महानगरपालिका–१९ लामाचौरस्थित सेती नदी किनारको गोस्तेघाट खेल मैदानमा अवतरण गरिएको छ ।

बिहान आधार शिविरतर्फ उडानको क्रममा मौसम अनुकूल रहेपनि फर्कने क्रममा विमानस्थल हुस्सुले ढाकेपछि अवतरण हुन नसकेको हो । ‘‘पोखरा विमानस्थल हुस्सुको कारणले बन्द हुँदा टावरसँगको सम्पर्कमा दुई हेलिकप्टर खेल मैदानमा अवतरण गर्नुपरेको बताइएको छ ।

‘मौसम खुल्ने वित्तिकै उड्ने तयारीमा छन्,’ पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ अधिकारीले भने । मौसम सफा नहुँदा आज पोखरा विमानस्थलबाट आज बिहान ११ बजेसम्म कुनै पनि उडान तथा अवतरण हुन सकेका छैनन् ।

रासस

प्रकाशित: Dec 18, 2019| 06:16 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।