सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंको तापक्रम ३ डिग्रीमा झर्‍यो, देशभर अझै चिसो बढ्ने

काठमाडौंको तापक्रम ३ डिग्रीमा झर्‍यो, देशभर अझै चिसो बढ्ने

केहि दिनअघि परेको वर्षा र हिमपातसँगै देशभर ह्वात्तै चिसो बढेको छ। पुस लागेसँगै ...
 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

काठमाडाैं- केहि दिनअघि परेको वर्षा र हिमपातसँगै देशभर ह्वात्तै चिसो बढेको छ।

पुस लागेसँगै तराईमा बाक्लो हुस्सु लागेको छ भने पहाडी क्षेत्रमा शीतसहित कठ्याङ्ग्रिने चिसो बढेको छ।

देशभरको तपाक्रम पनि घट्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् समिर श्रेष्ठका अनुसार अधिकांश हिमाली क्षेत्रको तापक्रम माइनसमा झरेको छ।

बुधबार काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै सबैभन्दा कम मापन भएको छ। बिहानको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस रहेको मौसमविद् श्रेष्ठले बताए।

उनका अनुसार काठमाडाैं उपत्यकासहित देशभरको तापक्रम अझै घट्ने छ। 

मंगलबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको थियो। हिजाेको तुलानामा आज निकै तापक्रम घटेको र अहिलेकै मौसमप्रणाली जारी रहे अझै घट्न सक्ने मौसमपूर्वानुमान महाशाखाको आंकलन छ।

यस्तै तराईमा पनि बाक्लो हुस्सुसँगै तापक्रम खस्किदै गएको छ। मंगलबार बिहानदेखि तराईका अधिकांश क्षेत्रमा लागेको हुस्सु अझै हटेको छैन् । जसले गर्दा राम्रोसँग घाम लाग्न नसक्दा चिसो बढेको छ।

आज पनि तराईका धेरै ठाउँमा दिनभर नै हुस्सु लाग्ने सम्भावना रहको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ।

 

यस्ताे हुनेछ आगामी तीन दिनकाे माैसम

पौष २ गते (बुधबार)

दिउँसो: देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति: देशको पूर्वी र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष ३ गते (बिहिबार)

दिउँसो: देशको पश्चिमि भु-भाग लगायत पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति: देशभर आंशिक बदली रहनेछ।

पौष ४ गते (शुक्रबार)

दिउँसो: देशको पश्चिमि र मध्य भु-भाग लगायत पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागमा आंशिक वदली रहनेछ। साथै पश्चिम भेगका एक दुइ स्थान मा हल्का वर्षा हुने सम्भावना छ ।

राति: देशभर आंशिक देखि सामान्य वदली रहने छ । साथै पश्चिम भेगका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

प्रकाशित: Dec 18, 2019| 02:12 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।