सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा स्थायी कमिटी बैठक : एकता प्रक्रिया लम्बिँदा कार्यकर्तामा निराशा

नेकपा स्थायी कमिटी बैठक : एकता प्रक्रिया लम्बिँदा कार्यकर्तामा निराशा

पार्टी एकताको धेरै काम सम्पन्न भए पनि स्थानीय तहसम्म त्यसले पूर्णता नपाएकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा बोल्ने नेताहरुले गुनासो गरेका छन्।
 |  मंगलबार, पुस १, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १, २०७६

काठमाडौं - पार्टी एकताको धेरै काम सम्पन्न भए पनि स्थानीय तहसम्म त्यसले पूर्णता नपाएकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा बोल्ने नेताहरुले गुनासो गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको स्थायी कमिटीको बैठकमा स्थानीय तहसम्मको एकता प्रक्रियालाई तत्काल पूर्णता दिई थप सुदृढीकरण गर्नुपर्नेमा नेताहरुले जोड दिएका हुन्।

एकता प्रक्रियाले लामो समय लिँदा कार्यकर्ता पङ्क्तिमा निराशा पैदा भएको, सङ्गठन भद्रगोल हुँदा पार्टीले जीवन पाउन नसकेकोमा नेताहरुको जोड थियो।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै स्थायी कमिटी सदस्यहरुले पार्टी एकतालाई थप मजबुत बनाउनुपर्ने र एकताका कुनै पनि काम बाँकी राख्न नहुने सुझाव दिए।

यस्तै पार्टीको कार्ययोजना ठोस रुपमा आउनुपर्ने, एकता प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने, सरकारको काम अझ प्रभावकारी हुनुपर्ने जस्ता सुझाव आएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यले सरकारको काम कारबाहीलाई अझै गति दिनुपर्ने र भए/गरेका कामको समेत सकारात्मक प्रचारप्रसार गर्नुपर्ने बताए।

स्थायी कमिटीका सदस्यले प्रतिवेदन र संशोधन प्रस्ताव मूलतः सही रहेको धारणा राख्दै थप परिमार्जन र सुधारका लागि सुझाव र आलोचनात्मक टिप्पणी गर्ने क्रम जारी रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

मंगलबार १३ जना स्थायी कमिटी सदस्य तथा आमन्त्रित सदस्यले सुझाव दिएका थिए। यसरी सुझाव दिनेमा नन्दकुमार प्रसाईं, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहरा, बेदुराम भुसाल, शङ्कर पोखरेल, रघुवीर महासेठ, केशव बडाल, विष्णुपुकार श्रेष्ठ, लेखराज भट्ट, घनश्याम भुसाल, शक्ति बस्नेत, मणि थापा र जनार्दन शर्मा थिए।

स्थायी कमिटीको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ।

 

प्रकाशित: Dec 17, 2019| 14:29 मंगलबार, पुस १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।