सोमबार, भदौ १, २०८३

विद्याको शपथ ग्रहण कांग्रेसद्वारा बहिस्कार

 |  मंगलबार, पुस १, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १, २०७६

काठमाडौं– हालै सम्पन्न उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर दुईबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईको शपथ ग्रहण कार्यक्रमलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले बहिस्कार गरेका छन्।

उपसभामुखले सांसदलाई शपथ गराउने अधिकार संविधानले नदिएको भन्दै कांग्रेसका सांसदहरुले शपथ ग्रहण बहिस्कार गरेका हुन्।

संविधानको धारा ९१ (४)मा सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठकको अध्यक्षता गर्ने व्यवस्थामात्रै छ। त्यसबाहेक उपसभामुखको अधिकार तथा कर्तव्यबारे संविधान मौन रहेकोले शपथ ग्रहण नै असंवैधानिक भएको कांग्रेसका सांसदहरुले तर्क गरेका छन्।

‘उपसभामुखले शपथ गराउनु संविधानमा नभएको अधिकार प्रयोग गर्नु हो,’ कांग्रेस सांसद देवेन्द्रराज कँडेलले भने। यसैगरी, संघीय संसद् सचिवालयबाट शपथ ग्रहणका विषयमा सांसदहरुलाई सूचनासमेत नआएको कांग्रेसकै सांसदहरुले जनाएका छन्।

सांसद डिला संग्रौलाले आफूलाई शपथ ग्रहण कार्यक्रमको विषयमा सचिवालयबाट सूचना नआएकोले सहभागी नभएको बताइन्।

प्रकाशित: Dec 17, 2019| 11:57 मंगलबार, पुस १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।