सोमबार, भदौ १, २०८३

यार्सा खोज्‍न गएका दुई किशोरको हिउँमा पुरिएर मृत्यु

 |  मंगलबार, पुस १, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १, २०७६

धनगढी– बझाङमा यार्सा खोज्न गएका दुई किशोरको हिउँमा पुरिएर ज्यान गएको छ। सुर्मा गाउँपालिका–१ का १८ वर्षीय कविराज बोहरा र १४ वर्षीया शहदेब बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराका अनुसार उनीहरु मंसिर २५ गते घरबाट ओखल भन्ने ठाँउमा जडीबुटी संकलन गर्न गएका थिए। उनीहरु घर नफर्किएपछि खोजी गर्दा मंगलबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिए। उनले प्रहरी चौकी दौलीचौरबाट प्रहरी टोली घटनास्थलमा खटाइएको बताए।

 

प्रकाशित: Dec 17, 2019| 11:45 मंगलबार, पुस १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।