सोमबार, भदौ १, २०८३

पूर्वसभासद् ढुंगेलको निधन

 |  मंगलबार, पुस १, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १, २०७६

काठमाडौं– पूर्वसभासद् रामेश्वर ढुंगेलको निधन भएको छ। २०७० सालकाे संविधानसभा निर्वाचनमा भक्तपुर–२ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका कांग्रेस नेता ढुंगेलको आज (मंगलबार) अपरान्ह निधन भएको हो।

नेमकिपाको गढ मानिने भक्तपुरमा सोही पार्टीका उमेदवार सुनिल प्रजापतिलाई हराएर ढुंगेल चर्चामा आएका थिए।

यसैबीच, नेपाली कांग्रेसले संविधानसभाका पूर्व सदस्य, कांग्रेस महासमिति सदस्य एवं पूर्व क्षेत्रीय सभापति ढुंगेलको निधनमा गहिरो दुःख व्यक्त गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले ढुंगेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्याएको सक्रिय भूमिकाको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

‘स्वर्गीय ढुंगेलको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ। उहाँको आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस हार्दिक समवेदना व्यक्त गर्दछ,’ कांग्रेसले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ।

प्रकाशित: Dec 17, 2019| 10:32 मंगलबार, पुस १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।