काठमाडौं– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साढे पाँच लाख रुपैयाँ हिनामिना गर्ने रजिष्ट्रार तुलबहादुर श्रेष्ठसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
बिल भरपाई नराखी भौचरसमेत नउठाई प्रतिष्ठानको रकम हिनामिना गरी भ्रष्टाचार गर्ने श्रेष्ठसहित आर्थिक प्रशासन प्रमुख रूपा सिंघाची अग्रवाल, सिनियर क्लर्कद्वय चन्द्रकुमार मगर र रमेश कुमार खतिवडाविरुद्ध आयोगले मंगलबार मुद्दा दायर गरेको हो।
उनीहरुले रकम भुक्तानी दिनुपर्ने आधार, कारण तथा बिल भरपाई बिना नै जीवन पौडेलको नाममा चेक जारी गरी रकम हिनामिना गरेको अनुसन्धानका क्रममा खुलको अख्तियारले जनाएको छ। अख्तियारले हिनामिना भएको रकम चारैजनाबाट असुलउपर हुन मागदावी गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।