सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्यायाधीशकी सुरक्षागार्डकाे पेस्तोल बोकेर प्रेमी फरार

न्यायाधीशकी सुरक्षागार्डकाे पेस्तोल बोकेर प्रेमी फरार

उच्च अदालत जनकपुरका एक न्यायाधीशकी सुरक्षागार्डको पेस्तोल बोकेर उनका प्रेमी फरार रहेको खुलेको छ। न्यायाधीश शकुन्तला घिमिरेकी सुरक्षा गार्ड प्रहरी जवान रनिता कुमारी केवटका प्रेमी सात राउन्ड गोली लोड भएको पेस्तोलसहित फरार भएको खुलेको हो।
 |  मंगलबार, पुस १, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १, २०७६

काठमाडौं - उच्च अदालत जनकपुरका एक न्यायाधीशकी सुरक्षागार्डको पेस्तोल बोकेर उनका प्रेमी फरार रहेको खुलेको छ। न्यायाधीश शकुन्तला घिमिरेकी सुरक्षा गार्ड प्रहरी जवान रनिता कुमारी केवटका प्रेमी सात राउन्ड गोली लोड भएको पेस्तोलसहित फरार भएको खुलेको हो।

प्रहरीका अनुसार केवटका प्रेमी नवलपरासी देउडवा–६ का २४ वर्षीय सिबेन्द्र यादव हुन्। प्रहरी स्रोतका अनुसार केवट र उनका प्रेमी यादवबीच विवाद भएपछि यादव पेस्तोल लिएर भएका हुन्। केवट जनकपुर उपमहानगरपालिका–४ भैरव चोकमा डेरामा बस्दै आएकी थिइन्।

यादव मंसिर १९ गतेबाट सँगै कोठामै बस्दै आएको बुझिएको छ। प्रहरीले रनितालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित: Dec 17, 2019| 06:34 मंगलबार, पुस १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।