सोमबार, भदौ १, २०८३

दुई जिल्ला हेर्ने कार्यालयमा जम्मा दुई कर्मचारी

नेपाल सरकारको अधिनमा रहेको सरकारी कार्यालयमा दुई जना कर्मचारी मात्र रहेको सुन्दा अचम्म लाग्न सक्छ, तर वीरगञ्ज महानगरपालिका वडा नं ५ मा यस्तै एउटा सरकारी कार्यालय रहेको छ ।
 |  मंगलबार, पुस १, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १, २०७६

वीरगन्ज- नेपाल सरकारको अधिनमा रहेको सरकारी कार्यालयमा दुई जना कर्मचारी मात्र रहेको सुन्दा अचम्म लाग्न सक्छ, तर वीरगञ्ज महानगरपालिका वडा नं ५ मा यस्तै एउटा सरकारी कार्यालय रहेको छ ।

उक्त कार्यालयको क्षेत्राधिकार बारा र पर्सा गरी दुई जिल्ला रहे पनि कर्मचारीचाहिँ दुई जना मात्रै छन् ।

खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय वीरगञ्जमा तीन कर्मचारीको दरबन्दी रहे पनि हाल दुई मात्र कर्मचारी रहेका छन् । एक वर्षअघि खुलेको सो कार्यालयमा कर्मचारी अभावका कारण काम गर्न समस्या हुने गरेको कार्यालय प्रमुख रत्नकान्त झाले दुखेसो पोखे ।

खाद्य सुरक्षा तथा गुणस्तरलाई पोषणसँग जोड्न खोलिएको सो कार्यालयले बजारमा बिक्रीका लागि राखिने खाद्यवस्तुको नमूना सङ्कलन गरी जाँचका लागि जनकपुरधाम पठाए पनि लामो समयसम्म परिणाम नआउँदा काम प्रभावित हुने गरेको सो कार्यालयका प्राविधिक सहायक श्रवणकुमार साहले बताए । सो कार्यालयमा प्रमुख र प्राविधिक सहायक गरी दुई मात्रै कर्मचारी छन् । रासस

प्रकाशित: Dec 17, 2019| 05:35 मंगलबार, पुस १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।