सोमबार, भदौ १, २०८३

ठेकेदारका अघि बाबुरामले आफूलाई किन बबुरो भने ?

पूर्वप्रधानमन्त्री एवम् समाजवादी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक नेता, ठेकेदार र कर्मचारीतन्त्रको साँठगाँठका सामु आफू बबुरो बन्न विवश बनेको बताएका छन्।
 |  मंगलबार, पुस १, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १, २०७६

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् समाजवादी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक नेता, ठेकेदार र कर्मचारीतन्त्रको साँठगाँठका सामु आफू बबुरो बन्न विवश बनेको बताएका छन्।

उनले त्रिपक्षीय मिलेमतोका अगाडि आफ्नो आवाज अरण्यरोदन बनिरहेको भन्दै आफ्नै निर्वाचन क्षेत्रमा काम गर्न अवरोध भइरहेको स्पष्ट पारेका हुन्।

पूर्वप्रधानमन्त्री भट्टराईले उनले आफ्नै गृह जिल्ला गोरखामा नदीजन्य पदार्थको दोहन भइरहेको, १२ वर्षदेखि निर्माणाधीन सडक अझै बन्न नसकेको भन्दै यसमा राजनीतिक दल, ठेकेदार र कर्मचारीतन्त्रको मिलेमतो जिम्मेवार रहेको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत यसबारे अब के गर्न सकिएला भनेर स्थानीय सरोकारवाला जनसमुदाय र सबै नागरिकसँग सुझाव मागेका छन् ।

प्रकाशित: Dec 17, 2019| 04:02 मंगलबार, पुस १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।