डोटी- माथिबाट लडेर आएको काठको मुढाले लागेर एक जना नेपाली सेनाका हवल्दारको मृत्यु भएको छ।
दीपायल पृतनाको गुरुबक्स गुल्ममा कार्यरत लाँलीकाँडा गाउँपालिका–६ दैलेखका ३५ वर्षीय जगतजंग थापाको मृत्यु भएको हो।
सोमबार बिहान व्यारेक नजिकैको हजारेको डाँडाको वनबाट फाईरिङ तालिम सकेर खाना खान फर्कने क्रममा माथिबाट लडेर आएको मुढा उनको टाउकामा लागेको थियो।
त्यसमा घाईते उनलाई उपचारका लागि दिपायल स्थित शैलेश्वरी अस्पताल ल्याइएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो।
टाउकोमा गम्भिर चोट लागेकाले बचाउन नसकिएको अस्पतालले जनाएको छ।