सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बेलायती ट्राभल म्याग्जिनको सुझाव, 'क्रिसमस मनाउन नेपाल जाऊ'

बेलायती ट्राभल म्याग्जिनको सुझाव, 'क्रिसमस मनाउन नेपाल जाऊ'

एक बेलायती पत्रिकाले युरोपेली नागरिकहरुलाई क्रिसमस मनाउनका लागि नेपाल जान सुझाव दिएको छ।
 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं-  एक बेलायती पत्रिकाले युरोपेली नागरिकहरुलाई क्रिसमस मनाउनका लागि नेपाल जान सुझाव दिएको छ।

डिसेम्बर २५ मा मनाइने इसाई धर्मावलम्बीको मुख्य पर्व क्रिसमसका लागि नेपाल मुख्य गन्तब्यमध्ये एक हुने कोन्डे नास्ट ट्राभलर नामक पर्यटन पत्रिकाले उल्लेख गरेको हो।

सन् १९९७ मा स्थापना भएको कोन्डे नास्ट ट्राभलर अत्यधिक 'सर्कुलेसन' भएको म्याग्जिन हो ।

यस वर्ष ९ पुसमा परेको क्रिसमस मनाउन पत्रिकाले सुझाएका २० गन्तव्यमा नेपाल पनि समेटिएको हो ।  

"व्हेर टु गो एट क्रिसमस: ट्वान्टी आइडिया" शीर्षक समाचारमा उक्त म्यागाजिनले नेपाल जान सुझाएको हो।

उत्तर अमेरिकी मुलुक मेक्सिकोको पुएर्तो भल्लारता, संयुक्त अरब अमिरात (युएइ),  इन्डोनेसियाको बाली र जापानको क्योतो देखि अफ्रिकी देश मोरक्कोको एटलस माउन्टेन  पनि सूचीमा समावेश गरेको पत्रिकाले नेपालमा अन्नपूर्ण आधार शिविर लगायतका हिमाली पदयात्रामा जान सुझाएको छ।

राजधानी काठमाडौंमा हिन्दु र बौद्ध धर्माबलम्बीको बाहुल्यता भए पनि  क्रिसमसमा पनि सरकारी बिदा दिइने र धुमधामसँग मनाइने भन्दै म्यागाजिनले नेपाललाई गन्तव्य बनाउन सुझाव दिएको हो।

प्रकाशित: Dec 16, 2019| 12:29 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।