सोमबार, भदौ १, २०८३

ट्रमा सेन्टर सातौं वर्षमा

राष्ट्रिय ट्रमा सेन्टर छैटौं वर्ष पुरा गरि सातौं वर्षमा प्रवेश गरेको छ।
 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं - राष्ट्रिय ट्रमा सेन्टर छैटौं वर्ष पुरा गरि सातौं वर्षमा प्रवेश गरेको छ। २०७१ सालमा स्थापना भएको ट्रमा सेन्टरले दुर्घटना, हिंसा, चोट पटकका कारण भएका घाइते, हाडजोर्नी तथा नशा, मुटु शल्यचिकित्सा, प्लाष्टिक सर्जरी, नाक, कान, घाँटी र दन्त शल्यचिकित्साको सेवा दिँदै आएको छ।

वार्षिकोत्सवका अवसरमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारी अस्पतालले क्लिनिकलाई मोटो बनाउने परिपाटी बन्द गर्नुपर्ने बताए। उनले सरकारी अस्पताललाई जनताको भरोसाको केन्द्र बनाउनुपर्ने बताए।

ट्रमा सेन्टरका निर्देशक प्रमोदकुमार यादवले गरिब जनताका लागि सकेसम्म न्यूनतम शुल्कमा सेवा उपलब्ध गराउँदै आएको बताए।

ट्रमा सेन्टरमार्फत आर्थिक वर्ष ०७५/७६ मा ७९ हजार २ सय ९ जनाले बहिरंग सेवा लिएका थिए भने ४ हजार २४ ले अन्तरंग सेवा लिएका थिए।

ट्रमा सेन्टरमा हाल १५० वटा साधारण शय्या, ३२ वटा आकस्मीक शय्या, ७ वटा अप्रेसन पश्चात बिरामीलाई राखिने पोस्टअप, र ११ वटा आइसियु गरी २ सय शैय्या रहेका छन्। ट्रमा सेन्टरमार्फत दैनिक पाँच सयको हाराहारीमा बिरामीहरुले सेवा लिँदै आएका छन्।

प्रकाशित: Dec 16, 2019| 11:03 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।