सोमबार, कात्तिक २, २०८३

सांसदहरुलाई रकम नदिन सर्वोच्चमा रिट

सांसदहरुलाई निर्वाचन क्षेत्रमा खर्च गर्नका लागि रकम दिन नहुने मागसहित तीन जना सांसद सर्वोच्च अदालत पुगेका छन्।
 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं - सांसदहरुलाई निर्वाचन क्षेत्रमा खर्च गर्नका लागि रकम दिन नहुने मागसहित तीन जना सांसद सर्वोच्च अदालत पुगेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तीन जना सांसदले सांसदहरुका लागि बनाइएको स्थानीय विकास पूर्वाधार कार्यक्रम रोक्न मागसहितको रिट दायर गरेका हुन्।

उक्त कार्यक्रम संविधानअनुकूल नभएको जिकिर गर्दै उनीहरुले रिट दायर गरेका हुन्। प्रतिनिधिसभा सदस्य प्रकाश रसाइली स्नेही, रंगमती शाही र राष्ट्रियसभा सदस्य प्रकाश पन्थले रिट दायर गरेका हुन्।

यसअघि नेकपाका सांसद झपट रावलले सांसद विकास कोष बन्द गर्नुपर्ने रिट दायर गरेका थिए। सो विषयमा सर्वोच्चले रोक्का गर्न आदेश दिएपछि सरकारले नाम परिवर्तन गरी सांसदहरुलाई रकम बाँड्दै आएको छ।

 

 

प्रकाशित: Dec 16, 2019| 08:00 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।