सोमबार, कात्तिक २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पौडेल समूहले आज पनि केन्द्रीय समिति बैठक बहिस्कार गर्ने

पौडेल समूहले आज पनि केन्द्रीय समिति बैठक बहिस्कार गर्ने

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बहिस्कार गर्ने भएको छ।
 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं - वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बहिस्कार गर्ने भएको छ। सोमबार बिहान पनि सभापति शेरबहादुर देउवा पक्षधरसँग वार्ता भएको थियो। उक्त वार्ता पश्चात पौडेल निवासमा पौडेल समूहको छलफल चलेको थियो।

पौडेल निवासको छलफलले आजको केन्द्रीय समिति बैठक बहिस्कार गर्ने निष्कर्ष निकालेको हो। सभापति देउवाको प्रतिनिधि उपसभापति विमलेन्द्र निधिसँग चारवटा विषय राखिएको र कुनै पनि विषयमा सहमति हुन नसकेपछि बैठक बहिस्कार जारी राख्ने निर्णयमा पुगिएको नेता हृदयराम थामीले जनाए।

पौडेल समूहले यसअघिका २ वटा केन्द्रीय समिति बैठक बहिस्कार गरेको छ। यता सभापति देउवा पक्षधरले भने आज पनि केन्द्रीय समिति बैठक बस्ने जनाएको छ।

प्रकाशित: Dec 16, 2019| 07:40 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।