सोमबार, कात्तिक २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाली कांग्रेस: चाक्सीबारीमा दुई समूहबीच वार्ता सम्पन्‍न, पौडेल समूह आन्तरिक छलफलमा

नेपाली कांग्रेस: चाक्सीबारीमा दुई समूहबीच वार्ता सम्पन्‍न, पौडेल समूह आन्तरिक छलफलमा

कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचको वार्ता सम्पन्न भएको छ।
 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं–  कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचको वार्ता सम्पन्न भएको छ।

वार्तामा सभापति देउवा पक्षबाट उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षबाट प्रकाशमान सिंहको नेतृत्वमा हृदयराम थामी र दिलेन्द्रप्रसाद बडु सहभागी थिए।

प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको वार्ता सकारात्मक भएको भनिए पनि ठोस सहमति भने हुन सकेको छैन।

नेता बडुका अनुसार देउवा पक्षले सहमति मै अगाडि बढ्ने संकेत गरे पनि आजको केन्द्रीय समिति बैठकमा सहभागी हुने अथवा नहुने भन्ने टुंगो लागिसकेको छैन।

सभापति देउवाले पार्टीमा एकलौटी गरिरहेको आरोप लगाएको पौडेल समूहले यसअघि पार्टी केन्द्रीय समितिका दुई बैठक बहिस्कार गरिसकेको छ ।

चाक्सीबारीको वार्ता सकिएपछि पौडेल समूह अहिले आन्तरिक छलफलका लागि पौडेल निवास बानियाटार पुगेको छ।

बानियाटारको छलफलले पौडेल पक्ष आजको केन्द्रीय समिति बैठकमा सहभागी हुने अथवा बहिस्कार गर्ने बारे निर्णय लिइने बडुले जानकारी दिए।

प्रकाशित: Dec 16, 2019| 06:21 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।