सोमबार, कात्तिक २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनकपुरमा त्रास फैलाएको शंकास्पद वस्तु बम नभएको पुष्टि

जनकपुरमा त्रास फैलाएको शंकास्पद वस्तु बम नभएको पुष्टि

जनकपुरका दुई स्थानमा शंकास्पद वस्तु फेला परेपछि सर्वसाधारण त्रसित बनेका छन्।
 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

जनकपुरधाम–  जनकपुरका दुई स्थानमा शंकास्पद वस्तु फेला परेपछि सर्वसाधारण त्रसित बनेका छन्।

जनकपुरको संकटमोचन मन्दिर जाने बाटो र सरस्वती मावि जाने बाटोमा शंकास्पद वस्तु फेला परेपछि सर्वसाधारण त्रसित बनेका हुन्।

यसअघि गएको शुक्रबार राति धनुषाको महेन्द्रनगरमा बम विष्फोट हुँदा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान गएको थियो।

संकटमोचन मन्दिर जाने बाटोमा आइतबार साँझ बेवारिसे अवस्थामा फेला परेको राइस कुकर र सरस्वती मावि जाने बाटोमा फेला परेको बोरा नेपाली सेनाको टोलीले नष्ट गर्दा ती वस्तुमा बम नभएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए।

सेनाले ती दुबै वस्तु नष्ट गर्न प्रयोग गरेको विष्फोटक पदार्थको आवाज सुनेपछि सर्वसाधारणले त्यसलाई नै बम ठानेको हुनसक्ने उनले बताए ।

क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित ब्यारेकबाट पुगेको बम डिस्पोजल टोलीले ती दुबै शंकास्पद वस्तु नष्ट पारेको हो।

प्रकाशित: Dec 16, 2019| 06:06 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।