सोमबार, कात्तिक २, २०८३

धुवाँले निसास्सिएर कीर्तिपुरमा आमाछोराको मृत्यु

कीर्तिपुरको सुन्दरबस्तीमा धुँवाले निसास्सिएर आमा–छोराको मृत्यु भएको छ ।
 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं- कीर्तिपुरको सुन्दरबस्तीमा धुवाँले निसास्सिएर आमा–छोराको मृत्यु भएको छ ।

कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेकी ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोराको सुतेकै अवस्थामा मृत्यु भएको हो ।

अक्सिजन अभावका कारण निसास्सिएर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। माकलबाट आएको धुवाँ बाहिर जान नपाउँदा त्यही धुवाँमा निसास्सिएर आमाछोराको मृत्यु भएको हुनसक्ने महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले जानकारी दिए ।

शर्मिला सुतेको कोठा साँघुरो र भेन्टिलेसन पनि नभएकाले अक्सिजनको अभावका कारण घटना भएको हुनसक्ने प्रहरीको ठम्याइ छ ।

बच्चालाई तेल लगाउन भन्दै सोमबार बिहान श्रीमान् नवराजले श्रीमतीलाई बोलाउँदा नबोलेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित: Dec 16, 2019| 05:41 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।