सोमबार, भदौ १, २०८३

बेमौसमी झरीले १० करोडको काँचो इँटा नष्ट

बेमौसमी झरीले बारा र पर्सा जिल्लामा रहेका इँटा उद्योगलाई असर पुर्‍याएको छ । व्यवसायिकका अनुसार ....
 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

वीरगञ्ज- बेमौसमी झरीले बारा र पर्सा जिल्लामा रहेका इँटा उद्योगलाई असर पुर्‍याएको छ ।

व्यवसायिकका अनुसार दुईदिनको झरीले करिव रु १० करोडभन्दा बढीको काँचो इँटालाई क्षति पुर्‍याएको छ । इँटा व्यवसायी सङ्घ बारा पर्साका महासचिव रवीन्द्रप्रसाद यादवले झरीले पोल्न तयारी अवस्थामा राखिएको इँटा नष्ट पारेको बताए ।

उनले भने, “एक महिनादेखि मजदूर लगाएर काँचो इँटा बनाउन लगाएका थियौँ । बेमौसमी झरीको कारण पोल्न राखेको सबै इँटा गलेर नष्ट भएको छ । आर्थिक समस्या आइपरेको छ । ”

यी दुई जिल्लामा करिब २०० इँटा उद्योग रहेका छन् । इँटा गलेर नष्ट भएपछि आर्थिक समस्या भोग्नुपरेको व्यवसायीको गुनासो रहेको छ ।

मजदूरलाई काम गर्नुपूर्व नै भुक्तानी दिनुपर्ने कारण समस्या परेको उनीहरुले जनाएका छन् । भारतका विहार, उत्तर प्रदेश लगायत क्षेत्रबाट काम गर्न मजदूर उद्योगमा आउने गर्दछन् । रासस

प्रकाशित: Dec 16, 2019| 04:44 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।