सोमबार, भदौ १, २०८३

रहेनन् चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराई

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । मृत्युको कारण हृदयघात भएको आशंका गरिए पनि स्पष्ट भइनसकेको ...
 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं- नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ ।

अचानक छाति दुखेपछि उनलाई उपचारका लागि आइतबार बेलुका ओम अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याइएका उनलाई तत्कालै मृत घोषणा गरिएको थियो।

मृत्युको कारण हृदयघात भएको आशंका गरिए पनि स्पष्ट भइनसकेको अस्पतालले जनाएको छ। भट्टराई आठ महिनाअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए।

२०७५ चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई वोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । अध्यक्ष हुनुअघि भट्टराई लामो समयदेखि चलचित्र निर्माण तथा अभिनयमा व्यस्त थिए ।

उनले थुप्रै चलचित्र तथा टेलिसिरियलमा अभिनय गर्नुका साथै निर्माणसमेत गरेका छन्।

आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु लगायतका हिट चलचित्र भट्टराईले निर्माण गरेका हुन् । पछिल्लो पटक २१ चैतमा उनले निर्माण गरेको नयाँ चलचित्र ’यात्रा’ प्रदर्शन भएको थियो ।

एक दिनअघि मात्रै अर्का कलाकार दिपक क्षेत्रीको निधन भएको थियो ।

प्रकाशित: Dec 16, 2019| 01:35 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।