सोमबार, भदौ १, २०८३

स्वास्थ्यमा खेलवाड गर्ने ८ उद्योगमाथि कारवाही

यसवर्ष आठ उद्योगका प्रोपाइटरलाई खाद्य ऐनअनुसार कारवाही गरिने भएको छ।
 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

काठमाडौं- यसवर्ष आठ उद्योगका प्रोपाइटरलाई खाद्य ऐनअनुसार कारवाही गरिने भएको छ।

खाद्यान्न तथा पिउने पानीसँग सम्बन्धित चार तथा दालमोठ भुजिया, चाउचाउ, मिठाइ र खुर्सानीको धूलो उत्पादन गर्ने उद्योगलाई खाद्य ऐन २०२३ अनुसार कारवाही गरिने भएको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा मतिना जोशी वैद्यले मापदण्ड पालना नगर्ने ती उद्योग उपर कारवाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै काठमाडौँ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरुलाई दोषी प्रमाणित गरेमा जनही रु ५० हजार र पाँच वर्षसम्म जेल सजाय हुने जानकारी दिए।

यसवर्ष विभिन्न खाद्यान्नको ९२५ नमूना सङ्कलन भएकोमा ४६४ नमूनाहरुको परीक्षण प्रतिवेदनअनुसार ६१ उद्योगले मापदण्ड पूरा नगरेको, २९ दूषित रहेको, २४ न्यून गुणस्तर तथा ८ खाद्य ऐन नियमको प्रावधानअनुसार नपाइएकाले उनीहरुलाई कारवाही गर्न प्रक्रिया अगाडि बढाइएको हो। रासस

प्रकाशित: Dec 15, 2019| 13:39 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।