सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिन्धुपाल्चोक बस दुर्घटना : मृतककाे संख्या १५ पुग्यो (नामसहित)

सिन्धुपाल्चोक बस दुर्घटना : मृतककाे संख्या १५ पुग्यो (नामसहित)

सिन्धुपाल्चोकमा आज (आइतबार) बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ।
 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

काठमाडौं- सिन्धुपाल्चोकमा आज (आइतबार) बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ।

दोलखाको कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको यात्रु बस सुनकोसी गाउँपालिका वडा ७ स्थित स्वाँरा मोडमा दुर्घटना भएको हो।

घटनास्थलमै १२ जनाको र ३ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा १८ जना घाइते छन्।

मृतकमध्ये १४ जनाको सनाखत भएको छ। एक महिलाको नाम खुलेको छैन।

दुर्घटनामा दोलखा जिल्ला भिमेश्वर नगरपालिका–९ की ४२ वर्षिया लक्ष्मी श्रेष्ठ, रामेछाप उमाकुण्ड गाउँपालिका–४ प्रितीका २४ वर्षिय महेश तामाङ, काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र सोही स्थानकी उनकी श्रीमती ३५ वर्षिया मैया खत्री, लिशंखुपाखर गाउँपालिका–४ कि ५३ वर्षिया गंगामाया लामा, जुगल गाउँपालिका–७ याङ्लाकोटकी ७ वर्षिया सबिना तामाङ, सोही ठाउँकी ३० वर्षिया रेश्मा तामाङ, १५ महिनाकी रोशनी तामाङ छन्।

त्यस्तै बलेफी गाउँपालिका–५ चिम्लिङ की ३७ वर्षीया फूलमाया तामाङ र दोलखा शैलुङ्गेश्वरी गाउँपालिका फस्कुका १० वर्षीया रञ्जित बस्नेत, रामेछाप सुनपाती ६ कि जुनमाया तामाङ, मञ्जु तामाङ, सुकबहादुर तामाङ, र भक्तपुर सूर्यविनायक ८ कि ३८ वर्षिया चिनु बस्नेतको पनि मृत्यु भएको छ। करिब २४ वर्षिय एक महिलाको भने सनाखत हुन बाँकी छ।

दुर्घटनामा घाइतेहरुको काभ्रेको धुलिखेल र ह्याम्स अस्पताल काठमाडौंमा उपचार भइरहेको छ।

ह्याम्स अस्पतालमा लगिएका किरामीहरुको अवस्था गम्भीर रहेको र दुईजनाको टाउकोको शल्यक्रिया गरिएको बताइएको छ।

ब्रेक फेल भएको बस जबर्जस्ती चलाउँदा दुर्घटनामा परेको प्रहरीको अनुमान छ। सिन्धुपाल्चोकमा एक महिनाको बीचमा भएको यो दोस्रो दुर्घटना हो। गत कात्तिकमा सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो।

प्रकाशित: Dec 15, 2019| 12:50 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।